detail-img

संविधान दिवसमा अन्तरक्रिया र श्रद्धाञ्जली कार्यक्रम सम्पन्न

विराटनगर । नेपाल खेलकुद महासंघ विराटनगर महानगर कमिटीको आयोजनामा शुक्रबार नेकपा एमाले पार्टी कार्यक्रममा संविधान दिवसको अवसरमा अन्तरक्रिया तथा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भएको छ। 

कार्यक्रम महासंघ महानगर अध्यक्ष जतिन ताम्राकारको अध्यक्षतामा भएको प्रमुख अतिथि महासंघका केन्द्रीय अध्यक्ष -कृष्ण बस्नेत (पर्शुराम बस्नेत ) तथा विशेष अतिथि- नेकपा एमाले केन्द्रीय सदस्य जीवन घिमिरेको उपस्थित रहेको सो अवसरमा महासंघका विभिन्न तहका पदाधिकारी सहित एमाले प्रदेश, जिल्ला, महानगर र वडा कमिटीका प्रतिनिधिहरूको उल्लेख्य सहभागिता रहेको थियो।

प्रमुख अतिथि बस्नेतले २०७२ सालमा एमालेको अग्रसरतामा संविधान निर्माण सम्पन्न भएको स्मरण गर्दै त्यसलाई असफल बनाउन खोज्ने अन्तर्राष्ट्रिय शक्ति अहिले पनि सक्रिय रहेको र घुसपैठियाहरूको पहिचान गरी कानूनअनुसार कारबाही हुने स्पष्ट धारणा प्रस्तुत गरेका छन्। विशेष अतिथि -जीवन घिमिरेले नेपालको संविधानलाई विश्वकै उत्कृष्ट संविधानका रूपमा व्याख्या गर्दै जेन–जी पुस्ताले यसको अध्ययन र संरक्षणमा विशेष भूमिका निर्वाह गर्नुपर्ने विचार व्यक्त गरे।