काठमाडौं, १२ भदौ २०८२। नेपाल खेलकुद महासंघको दोस्रो केन्द्रीय सचिवालय कमिटी बैठक बिहीबार काठमाडौंको मध्य वानेश्वरमा भव्यतापूर्वक सम्पन्न भएको छ। बैठकले महासंघको आगामी कार्ययोजना तथा संगठन सुदृढीकरणसम्बन्धी महत्वपूर्ण निर्णय गर्दै सफलतापूर्वक समापन गरेको छ।
बैठकमा प्रमुख अतिथि नेकपा एमाले स्थायी कमिटी सदस्य एवम् जनसंगठन संयन्त्र प्रमुख कमरेड भानुभक्त ढकालज्यू रहनुभएको थियो। कार्यक्रममा महासंघका पदाधिकारी तथा सचिवालय कमिटी सदस्यहरूको सक्रिय उपस्थिति रहेको थियो।
बैठकले खेलकुद क्षेत्रलाई जनस्तरमा अझ व्यापक बनाउन, संगठनलाई सबल बनाउन तथा खेलाडीका हक–अधिकार संरक्षण र खेल पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै काम गर्ने प्रतिबद्धता जनाएको छ। सहभागीहरूले महासंघलाई एकजुट संगठनका रूपमा अघि बढाउन साझा जिम्मेवारी निर्वाह गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो।
सचिवालयले जनाएको छ कि यस बैठकमा भएका निर्णयहरूले महासंघलाई अझ प्रभावकारी, परिणाममुखी र जनउत्तरदायी बनाउन महत्त्वपूर्ण योगदान गर्नेछ।