काठमाडौं, १५ साउन २०८२। नेपाल खेलकुद महासंघको केन्द्रीय कमिटीको ९औं पदाधिकारी बैठक सम्पन्न भएपछि महासंघको केन्द्रीय अध्यक्ष कमरेड पर्शुराम बस्नेतको नेतृत्वमा सम्माननीय प्रधानमन्त्री तथा पार्टी अध्यक्ष कमरेडलाई बैठकको सारांश जानकारी गराइएको छ।
बैठकको प्रतिवेदन बुझाउने क्रममा महासंघका आदरणीय इन्चार्जज्यू तथा पार्टी बागमती प्रदेश कमिटी अध्यक्षज्यू समेत सहभागी रहनु भएको थियो। उक्त टोली १५ साउन राति १२ः३० बजे प्रधानमन्त्री निवास बालुवाटारमा उपस्थित भई बैठकमा गरिएका निर्णय, भावी कार्ययोजना तथा महासंघका प्राथमिकता विषयक एजेन्डाबारे विस्तृत जानकारी गराएको हो।
यस अवसरमा महासंघले खेलकुदलाई राष्ट्रिय नीति र योजनामा प्राथमिकताका साथ सम्बोधन गर्नुपर्ने आवश्यकता औंल्याउँदै, संगठनका गतिविधिहरूलाई अझ प्रभावकारी बनाउन प्रधानमन्त्रीज्यूलाई सुझावसमेत प्रदान गरेको सचिवालयले जनाएको छ।