विराटनगर, १४ असार २०८२। नेपाल खेलकुद महासंघ कोशी प्रदेश कमिटीको प्रथम बैठक शनिबार विराटनगरमा भव्य रूपमा सम्पन्न भएको छ।
कमिटीका अध्यक्ष कमरेड रोहित कोइरालाको अध्यक्षतामा सम्पन्न बैठकको प्रमुख अतिथि महासंघका केन्द्रीय अध्यक्ष कमरेड पर्शुराम बस्नेत रहनु भएको थियो। कार्यक्रममा नेकपा एमाले केन्द्रीय कमिटी सदस्य कमरेड जीवन घिमिरे प्रमुख वक्ता एवं विशिष्ट अतिथि रहनु भएको थियो।
त्यस्तै, महासंघका केन्द्रीय सचिव तथा कोशी प्रदेश इञ्चार्ज कमरेड विप्लव घोष, नेकपा एमाले कोशी प्रदेश कमिटी सदस्य तथा खेलकुद महासंघ इञ्चार्ज कमरेड योगेश बस्नेत, महासंघका केन्द्रीय सदस्य कमरेड चेतनाथ पौडेल, केन्द्रीय विज्ञ आयोग उपाध्यक्ष कमरेड दिपेश बास्तोला लगायतका नेताहरूको उल्लेख्य उपस्थितिले बैठकलाई ऐतिहासिक बनाएको थियो।
बैठकमा महासंघको आगामी कार्ययोजना, खेलकुद क्षेत्रको सशक्तिकरण, संगठनात्मक बलियोपन, र खेलाडीको अधिकार संरक्षणबारे गहन छलफल भएको थियो। सहभागीहरूले प्रदेशस्तरमा खेलकुदलाई अझ प्रभावकारी बनाउन साझा प्रतिबद्धता व्यक्त गर्नुभएको थियो।
यस बैठकले महासंघलाई कोशी प्रदेशमा अझ संगठित र गतिशील बनाउन महत्त्वपूर्ण आधार तयार गरेको महासंघ सचिवालयले जनाएको छ।