विराटनगर, १६ जेठ २०८२। नेकपा (एमाले) को जनसंगठन नेपाल खेलकुद महासंघ कोशी प्रदेश कमिटीको दोस्रो अधिवेशन बिहीबार झापाको दमकमा सम्पन्न भएको छ। अधिवेशनबाट मोरङका रोहित कोइराला सर्वसम्मत रूपमा अध्यक्षमा निर्वाचित हुनुभएको छ।
महासंघका केन्द्रीय सचिव विप्लव घोषका अनुसार अधिवेशनले ४२ सदस्यीय नयाँ कमिटी गठन गरेको छ। जसअनुसार—
अध्यक्ष: रोहित कोइराला (मोरङ)
उपाध्यक्ष: भिम लिबाङ (झापा)
महिला उपाध्यक्ष: सृजना भुजेल (धनकुटा)
सचिव: हेमन्त सुवेदी (मोरङ)
उपसचिव: सुरज साँवा (झापा), कर्ण थापा (उदयपुर)
कोषाध्यक्ष: सुरेश गिरी (सुनसरी)
घोषले नवनिर्वाचित कमिटीमा प्रदेशका विभिन्न जिल्ला र खेलसंघका प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको जानकारी दिनुभयो।
अधिवेशनलाई सम्बोधन गर्दै महासंघका केन्द्रीय अध्यक्ष पर्शुराम बस्नेतले जनस्तरबाट उठ्ने खेलकुद एजेण्डा तथा खेलक्षेत्रको उत्थानका लागि महासंघले प्रभावकारी कार्य गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले महासंघ एमालेको जनसंगठन भएकाले आवद्धहरूले खेलकुद क्षेत्रमा सक्रिय रहँदै पार्टीको नीति र नेतृत्वको रक्षा तथा प्रचारमा योगदान दिनुपर्ने बताउनुभयो।
त्यस्तै, कार्यक्रममा नेकपा (एमाले) केन्द्रीय कमिटी सदस्य रोमनाथ ओली, एमाले कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडा लगायतका नेताहरूले नवनिर्वाचित पदाधिकारीलाई बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो।