detail-img

कोशी प्रदेश कमिटीको दोस्रो अधिवेशन : खुला सत्र सम्पन्न, बन्द सत्रमा प्रवेश

दमक, १५ जेठ २०८२। झापाको दमकमा जारी नेपाल खेलकुद महासंघ कोशी प्रदेश कमिटीको दोस्रो अधिवेशनअन्तर्गत बिहिबार सम्पन्न खुला सत्र सफलतापूर्वक सम्पन्न भएको छ।

कमिटीका अध्यक्ष कमरेड राजकुमार थापाको अध्यक्षतामा सम्पन्न उक्त सत्रमा प्रमुख अतिथि महासंघका केन्द्रीय अध्यक्ष कमरेड पर्शुराम बस्नेत रहनु भएको थियो। कार्यक्रममा प्रमुख वक्ताको रुपमा नेकपा एमाले केन्द्रीय कमिटी सदस्य कमरेड रोमनाथ ओली तथा विशिष्ट अतिथि एमाले कोशी प्रदेश कमिटी अध्यक्ष कमरेड धनश्याम खतिवडा लगायतका नेताहरूको उपस्थितिले कार्यक्रमलाई ऐतिहासिक बनाएको थियो।

खुला सत्रमा वक्ताहरूले खेलकुदलाई जनस्तरमा संगठित बनाउन महासंघले निर्वाह गर्दै आएको भूमिकाको प्रशंसा गर्दै संगठनलाई अझ सबल र गतिशील बनाउन योगदान दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।

खुला सत्र सम्पन्न भएपछि अधिवेशन औपचारिक रूपमा बन्द सत्रमा प्रवेश गरेको छ, जहाँ भावी नेतृत्व चयन तथा आगामी कार्ययोजना सम्बन्धी महत्वपूर्ण निर्णयहरू हुने अपेक्षा गरिएको छ।