ओखलढुङ्गा, २ जेठ २०८२। नेपाल खेलकुद महासंघ ओखलढुङ्गाको प्रथम जिल्ला भेला शुक्रबार सम्पन्न भएको छ। भेला एमाले ओखलढुङ्गा जिल्ला कमिटी सदस्य तथा खेलकुद विभाग इञ्चार्ज कमरेड किरण श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको हो।
कार्यक्रमको प्रमुख अतिथि महासंघका केन्द्रीय अध्यक्ष कमरेड पर्शुराम बस्नेत रहनुभएको थियो। उहाँले खेल क्षेत्रलाई संस्थागत रूपमा अगाडि बढाउन महासंघले खेलेको अग्रणी भूमिकाको चर्चा गर्दै जिल्ला तहसम्मको संरचना सुदृढ बनाउन सबै सक्रिय बन्नुपर्ने आवश्यकता औंल्याउनुभयो।
भेलाबाट नेपाल खेलकुद महासंघ जिल्ला कमिटी ओखलढुङ्गाको अध्यक्षमा कमरेड राजकुमार राई सर्वसम्मत चयन हुनु भएको छ। साथै, अन्य पदाधिकारी र सदस्यहरू समेत चयन गरी जिल्ला कमिटी पूर्ण गरिएको छ।
भेलामा एमालेका नेतागण, खेलकर्मी, सामाजिक अभियन्ता तथा विभिन्न क्षेत्रका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।