दमक, १५ जेठ २०८२। नेपाल खेलकुद महासंघ कोशी प्रदेश कमिटीको दोस्रो अधिवेशन बिहीबार झापाको दमकमा सम्पन्न भएको छ। अधिवेशनको उद्घाटन महासंघका अध्यक्ष कमरेड राजकुमार थापाको अध्यक्षतामा भएको हो।
कार्यक्रममा प्रमुख अतिथि महासंघका केन्द्रीय अध्यक्ष कमरेड पर्शुराम बस्नेत, प्रमुख वक्ता नेकपा (एमाले) केन्द्रीय कमिटी सदस्य कमरेड रामनाथ ओली, विशिष्ट अतिथि एमाले कोशी प्रदेश कमिटी अध्यक्ष कमरेड घनश्याम खतिवडा लगायतका अतिथिहरूले पानसमा बत्ती बालेर उद्घाटन गर्नुभयो।
अधिवेशनमा विभिन्न जिल्लाबाट आएका खेलकर्मी, प्रतिनिधि तथा खेलप्रेमीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रमले प्रदेश स्तरमा खेलकुदको संस्थागत विकास, खेलकर्मीहरूको अधिकार अभिवृद्धि तथा खेल गतिविधिलाई अझ सशक्त बनाउन नयाँ दिशा दिने अपेक्षा गरिएको छ।