detail-img

नेपाल खेलकुद महासंघ बागमती प्रदेश कमिटीको दोस्रो अधिवेशन सम्पन्न, नयाँ नेतृत्व निर्वाचित

हेटौँडा, १६ जेठ २०८२। नेपाल खेलकुद महासंघ बागमती प्रदेश कमिटीको दोस्रो अधिवेशन आज हेटौँडामा भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशन कमिटीका संयोजक कमरेड प्रभुनारायण शिवाकोटीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमलाई महासंघका पदाधिकारी, अतिथि तथा प्रतिनिधिहरूको सक्रिय सहभागिताले विशेष महत्त्व प्रदान गरेको थियो।

अधिवेशनमा प्रमुख अतिथि नेपाल खेलकुद महासंघका केन्द्रीय अध्यक्ष कमरेड पर्शुराम बस्नेत रहनुभएको थियो भने प्रमुख वक्ताका रूपमा नेकपा एमाले केन्द्रीय कमिटी सदस्य तथा खेलकुद महासंघ इञ्चार्ज कमरेड जे.एन. थपलियाले खेलकुद क्षेत्रलाई संगठित र सबलीकरण गर्न महासंघको भूमिकाबारे विस्तृत धारणा राख्नुभएको थियो। साथै विभिन्न अतिथिहरूले आफ्नो मन्तव्य राख्दै प्रदेशस्तरीय खेलकुदलाई बलियो बनाउन महासंघले खेलेको नेतृत्वको प्रशंसा गर्नुभएको थियो।

अधिवेशनबाट सर्वसम्मत रूपमा नयाँ नेतृत्व निर्वाचित भएको छ। जसअनुसार—

  • अध्यक्ष: क. जनरल श्रेष्ठ

  • उपाध्यक्षहरू: क. सिताराम बस्नेत, क. बाबुलाल थिङ

  • सचिव: क. सुनिल अधिकारी

  • उपसचिवहरू: क. मिलन श्रेष्ठ, क. सबिन भोलोन

  • कोषाध्यक्ष: क. विक्रम राज पाण्डे
    लगायत सम्पूर्ण सदस्य कमरेडहरू निर्वाचित हुनुभएको छ।

नेपाल खेलकुद महासंघ सचिवालयले निर्वाचित सम्पूर्ण पदाधिकारी तथा सदस्य कमरेडहरूलाई हार्दिक बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ। साथै महासंघले नयाँ नेतृत्वको सक्रियतामा बागमती प्रदेशमा खेलकुद अभियानलाई अझै गतिशील र सशक्त बनाउन सक्षम हुने विश्वास व्यक्त गरेको छ।